नियम १५
मनोनयनपत्र दर्ता गराउन सक्ने
(१) निर्वाचनमा उम्मेदवार हुन चाहने संविधान तथा ऐन बमोजिम योग्यता पुगेको व्यक्ति आफंैले वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थक मार्फत निर्वाचन कार्यक्रममा उल्लिखित मिति र समयमा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गर्न वा गराउन सक्नेछ । (२) उपनियम (१) बमोजिम मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा नियम १० बमोजिमको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका पाँच जना प्रस्तावक र पाँच जना समर्थकले सहीछाप गरेको हुनु पर्नेछ । (३) उपनियम (१) बमोजिम कुनै व्यक्तिको मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा फरक–फरक व्यक्ति प्रस्तावक र समर्थक रहेका बढीमा दुईवटा मनोनयनपत्र दर्ता गर्न वा गराउन सकिनेछ ।